ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु, दुई ट्याङ्करमा आगजनी - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु, दुई ट्याङ्करमा आगजनी



कञ्चनपुर । कञ्चनपुरमा पानी बोक्ने ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको पुर्नवास नगरपालिकाको कालिका स्वास्थ्यचौकी नजिक पानी बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार पुर्नवास -७ का ३८ वर्षीय लोकेन्द्र सिंह ठकुरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर वहादुर थापा क्षेत्रीका अनुसार से ६ प ६४२६ नम्वरको मोटरसाईकलमा सवार ठकुरीलाई बा १ क ९७८४ र से १ क १७४ नम्वरको ट्याङकरमध्ये एउटाले ठक्कर दिएको हो । थापाले यकिन बिवरण आउन बाकी रहेको बताए ।

खानेपानी बोक्ने ट्याङ्करको मोटरसाइकलमा सवार व्यक्तिलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको र घटनापछि आक्रोसित स्थानीयले पानी ढुवानी गर्ने दुई वटा ट्याङ्करमाथि आगजनी समेत गरेको प्रहरीले जनाएको छ ।