ईश्वर पोखरेलले गरे पार्टी पद्धति मिच्ने विरूद्ध कारबाहीको संकेत - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ईश्वर पोखरेलले गरे पार्टी पद्धति मिच्ने विरूद्ध कारबाहीको संकेत



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा भएको चर्चा भैरहेका बेला सचिवालय सदस्य तथा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोख्रेलले पार्टी एकतालाई मजबुत बनाउन नेकपा स्थायी कमिटीको बैठक जारी रहेको बताएका छन्।

पोख्रेलले पद्धतीको सीमा मिच्ने र जोरीपारी हँसाएर भइरहेको कामका विरूद्ध स्थायी कमिटीको बैठक जारी रहेको ट्वीट गरेका छन्।

पोख्रेलले ट्वीटमा लेखेका छन्, “पद्धतीको सीमा मिचेर, जोरीपारी हँसाएर पार्टीपंक्ति र आम जनतामो मन अमिलो पार्ने गरी भइरहेको कामका विरुद्ध पार्टी एकतालाई थप सुदृढ बनाउन नेकपाको स्थायी कमिटीको बैठक जारी… ।”

असार १० गतेबाट सुरू भएको नेकपाको स्थायी कमिटी बैठकमा नेताहरू प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाको पार्टीपंक्ति तरङ्गीत भएको छ।

नेकपामा विशेषगरी अध्यक्ष ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचको विवादका कारण नेकपाको स्थायी कमिटी बैठक अस्थिर बनिरहेको छ।