प्रधानमन्त्रीले भने– तपाईंहरूका माग जायज छन्, छिट्टै पूरा गर्छौं - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

प्रधानमन्त्रीले भने– तपाईंहरूका माग जायज छन्, छिट्टै पूरा गर्छौं



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘इनफ इज इनफ’ अभियानकर्ताहरु भेटी अनसन तोड्न आग्रह गरेका छन्। आज साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगी प्रधानमन्त्रीले अनसनरत इनफ इज इनफ अभियानकर्ताहरूलाई भेटी उनीहरूको मागमा एक्यावद्धता समेत जनाए।

“यो तपाईकै सरकार हो। तपाईंहरूका मागप्रति सरकार संवेदनशील छ। माग पुरा गर्ने प्रयत्नमा हामी लागेका छौं,” प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै ह्याम्स अस्पतालका चिकित्सकले भने, “तपाईंहरूको माग जायज छन्। यी मागको लागि अनसन बस्नु नै पर्दैनथ्यो। हामी जिम्मेवारीपूर्वक तपाईंहरुको माग पूरा गर्छौं।”

पाटन दरबार क्षेत्रमा अनसन बसेका इनफ इज इनफका अभियानकर्ताहरूको स्वास्थ्य खराब भएपछि आज साँझ ५ बजेतिर उनीहरूलाई ह्याम्स अस्पताल पुर्‍याइएको थियो। इनफ इज इनफका पुकार बम र इशान दुई जनतालाई ह्याम्स लगिएको थियो।

“हामीले वार्ता टोली गठन गरेका छौं। समय मिलाएर हाम्रा माग सम्बोधन गरिदिनु होला,” अनसनरत अभियानकर्ताले प्रधानमन्त्री ओलीलाई भनेका थिए।

इनफ इज इनफ अभियानकर्ता पीसीआर परिक्षण बढाउनु पर्ने, क्वारेन्टाइनको गुणस्तर बढाउनु पर्ने लगायतका माग राखी केहीदिन अघिदेखि अनसनमा थिए।

“गर्मी समयमा पानी पनि नखाई अनसन बस्नु भएकोले उहाँहरुको स्वास्थ्य खराब भएको थियो। अहिले उहाँहरुलाई स्लाइनबाट नसामा पानी दिइएको छ। स्वास्थ्यमा सुधार हुँदैछ,” एक चिकित्सकले भने।