राजनीतिमा नयाँ तरंग: बालुवाटार पुगेका नेताहरू एता न उता
काठमाडौं- सरकारले जारी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नयाँ राजनीतिक तरंग सिर्जना भएको छ ।
यसले नेकपाको विवाद झनै सतहमा आउने देखिएको छ । स्थायी कमिटि बैठकका लागि बालुवाटार पुगेका नेताहरू एता न उता भएका छन् ।
साना साना झुण्ड बनाएर समिक्षा गरिरहेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु पनि अहिले बालुवाटारमै छुट्टै छलफलमा छन् ।
प्रचण्डसंगको छलफलमा ओली निकट मानिएका महासचिव विष्णु पौडेल पनि सहभागी छन् । भने स्थायी कमिटि बैठक भने अन्योल बनेको छ ।