प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक



काठमाडौं : नेकपामा सत्ता संकट भैरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

दिउसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

पार्टीमा राजीनामाको माग उठिरहेका बेला प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीले दुई दिनयता मन्त्रीहरुसँग पार्टीको आन्तरिक विवादबारे छलफल र परामर्श गरेका थिए।

आजै ११ बजे नेकपाको जारी स्थायी कमिटि बैठक बस्दैछ ।