दैनिक रेकर्ड तोड्दै फैलिँदैछ कोरोना, यस्तो छ पछिल्लो विवरण - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

दैनिक रेकर्ड तोड्दै फैलिँदैछ कोरोना, यस्तो छ पछिल्लो विवरण



काठमाडौं- महामारीको रुप फैलिएको कोरोना भाइरस झनै तिब्र गतिमा फैलिएको छ ।

रेकर्ड तोड्ने गरि बुधबार एकै दिनमा विश्वभर कोरोनाबाट १ लाख ९६ हजार ९ सयभन्दा बढि ब्यक्ति संक्रमण पुष्टि भएको छ । एकै दिनमा यति ठूलो संख्यामा कोरोना संक्रमित थपिएको यो पहिलो पटक हो ।

यसअघि जुन २६ अर्थात असार १२ गते १ लाख ९५ हजार ४ सय ९६ संक्रमित थपिएका थिए । त्यसको एक हप्ताअघि असार ५ गते १ लाख ८२ हजार ६ सय २३ जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरसबाट पछिल्लो एक हप्तामा मात्रै विश्वभर १२ लाख ६२ हजार ४ सय ७३ जना संक्रमित भएका छन् । एक महिनाको अवधिमा ४४ लाख २९ हजार २ सय १६ जना संक्रमित थपिएका छन् ।

अहिलेसम्म कोरोनाबाट १ करोड ६ लाख ६४ हजार ४ सयभन्दा बढि संक्रमित भएका छन् भने ५ लाख १५ हजार ५ सय ४२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ४ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सबैभन्दा बढि प्रभावित अमेरिकामा ५१ हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ भने ६ सय ७६ जनाको मृत्यु भएको छ ।

बुधबार ब्राजिलमा ४४ हजार ८ सय ८४ जना संक्रमित थपिदा १ हजार ५७ जनाको मृत्यु भएको छ । रुसमा ६ हजार ५ सय ५६ जना संक्रमित हुँदा २ सय १६ जनाको मृत्यु भएको छ।

कोरोनाबाट अति प्रभावित मुलुकको चौंथो सूचीमा रहेको भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ भने ४ सय ३८ जनाको मृत्यु भएको छ ।

बेलायतमा ८ सय २९ जना संक्रमित थपिदा १ सय ७६ जनाको मृत्यु भएको छ।

नेपालमा भने पछिल्लो २४ घण्टामा ४ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म १४ हजार ४६ जना संक्रमित भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।