गृहमन्त्री बादलले छोडे प्रधानमन्त्री ओलीको साथ् - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

गृहमन्त्री बादलले छोडे प्रधानमन्त्री ओलीको साथ्



काठमाडौं- नेकपामा पछिल्लो समय देखिएको समीकरण फरक खालको देखिएको छ । प्रधानमन्त्री ओलीकै मन्त्रिमण्डलमा गृहमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल बुधबार साँझ ललितपुरमा प्रचण्ड नेपालको गोप्य बैठकमा सामेल भएका छन् ।

झम्सीखेलमा भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको गुट भेलामा उनि सहभागी भएपछि नेकपाको जारी विवादमा अर्कै दृश्य देखिएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीको निकै नजिक देखिएका गृहमन्त्री बादल एकाएक प्रचण्ड लाइनमा देखिएपछि नेकपावृत्तमा चर्चा भैरहेको छ ।

रमाइलो त के छ भने प्रधानमन्त्री ओलीले बुधबार बिहान बालुवाटारमा डाकेको गुट भेलामा पनि बादल सहभागी थिए ।कतिपय नेताहरूले साँझ एउटा गुटमा बिहान एउटा गुटमा भन्दै व्यंग्य समेत गरेका छन्। बादल बालुवाटारको गुट भेलामा केही नबोली बाहिरिएका थिए । बादल एकै दिन भएका दुई गुटका भेलामा सहभागी हुनुलाई अर्थपूर्ण मानिएको छ ।

नेकपामा प्रचण्ड–नेपाल समूहले ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा मागेका छन् । बादलले यसअघि सरकारले ल्याएको राजनीतिक दल विभाजन र दुई संवैधानिक परिषदमा प्रतिपक्षी दलका नेता नरहने व्यवस्थासहितको विवादित अध्यादेशका कारण अप्ठेरोमा परेका ओलीलाई साथ दिएका थिए ।