गगन भन्छन: बालुवाटारको तमासा बन्द गर, काम गर्ने सरकार देउ
काठमाडौं- पूर्वमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ नेकपाको पछिल्लो विवाद र सरकारको रबैयाप्रति कडा टिप्पणी गरेका छन् ।
थापाले देश कोरोना र सलहले तहसनहस हुँदा पनि शाशकहरूको निद्रा नखुलेको संकेत गर्दै बालुवाटारमा तमासा भैरहेको टिप्पणी । बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै थापाले सत्तारूढ दलले धेरै तमासा देखाइरहेको टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्, ‘सरकार चलाउनेहरू जोगिन र आफ्ना जोगाउन व्यस्त बनेको आरोप लगाएका हुन्। तर न त सलह कीराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले! बरु यिनको त गति र प्रभाव बढ्दो छ।’
थापाले अगाडि लेखेका छन्, ‘त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छः अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।!