गोकुल बाँस्कोटाले गरे अनिष्टको संकेत - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

गोकुल बाँस्कोटाले गरे अनिष्टको संकेत



काठमाडौं- जारी स्थायी कमिटि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि उनका अत्यन्त निकट मानिने पूर्वमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री ओलीमाथि युजनाबद्ध आक्रमण भएको बताएका छन् ।

बाँस्कोटाले कडा चेतावनी दिदै आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले बुधबार फेसबुकमा प्रधानमन्त्रीमाथिका हमलाहरु योजनावद्ध भन्दै अरूलाई पुर्न बनाएको खाल्डोमा आफै पर्ने समेत बताएका छन् ।

बाँस्कोटाले यसलाई बदनाम, आक्रमण भन्दै अनिष्टको संकेत गरेका छन् । उनले लेखेका छन्, ‘अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ । उनले बाँकी घटनालाई धैर्यपूर्वक हेर्न भनेका छन् ।’

निर्वाचन आयोगमा एमाले पार्टी दर्ताको तयारी भइरहेको विषय बाहिर आइरहँदा बाँस्कोटाको भनाई बाहिर आएको हो ।

उनले लेखेका छन्, ‘प्रधानमन्त्रीका कमजाेरी हाेलान तर प्रधानमन्त्रीमाथिका हमलाहरु नियाेजित डिजाईनका स्पष्ट श्रृङ्खला हुन। बदनाम, आक्रमण र ध्वस्त। चरणहरु यीनै हुन। बाँकी धैर्यतापुर्वक हेराै। अरुलाई पुर्ने खाल्डाे खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ।’