प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाए
काठमाडौं । सत्ता चरम विवाद भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।
नेकपाको जारी स्थायी कमिटी बैठकमा सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा मागिए पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीले बैठक विहान ७ बजेका लागि बोलाएका हुन् ।
प्रधानमन्त्रीले स्थायी कमिटी बैठकमा भएको सरकारको आलोचनालगायत बिषयमा अनौपचारिक छलफल गर्न बोलाएको एक मन्त्रीले बताए ।
मंगलबार स्थायी कमिटी बैठकमा बोल्ने १८ जना सदस्यले नै सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।
कसैले पनि सरकारको बचाउ नगरेपछि प्रधानमन्त्री ओली एक्लैले सरकारको बचाउ गर्नु परेको थियो ।