मन्त्रिपरिषद बैठक सुरु: लकडाउन कडा गर्ने र आन्तरिक उडानबारे निर्णय हुने - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

मन्त्रिपरिषद बैठक सुरु: लकडाउन कडा गर्ने र आन्तरिक उडानबारे निर्णय हुने



काठमाडौं- सरकारले पूनः लकडाउनमा कडाई गर्ने तयारी थालेको छ । आज बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले लकडाउन थप कडाई गर्नेबारे छलफल गरेको छ ।

लडाउनको उल्लंघन भएको सिसिएमसीको निश्कर्ष छ । सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले बैठकमा भएको छलफल र निर्णयबारे जानकारी दिएका छन् ।

गुरागाईंका अनुसार आन्तरिक उडान सञ्चालन र लकडाउनका विषयमा आज बसेको मन्त्रिपरिषद बैठकले निर्णय गर्न गर्नेछ ।

उनका अनुसार विदेश पढ्न जानेहरूका लागि भाषा परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई आग्रह गरेको र विदेशबाट आउनेहरूका लागि होम क्वारेन्टिनमा बस्न चाहेमा त्यसको व्यवस्था मिलाउने जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइएको छ ।

त्यस्तै अहिले मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ ६ बजेबाट मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकले लकडाउन र आन्तरिक उडान सञ्चालनबारे निर्णय गर्ने सम्भावना रहेको बताइएको छ । सोमबार नै बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले यसबारे मन्त्रिपरिषद बैठकमा केही सिफारिसहरु गरेको छ ।