किन यस्तो बेहाल हुँदैछ अमेरिकामा ? - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

किन यस्तो बेहाल हुँदैछ अमेरिकामा ?



काठमाडौं- अमेरिकामा कोरोना संक्रमण झन् फैलिने आशंका त्यहाँका अधिकारीले गरेका छन्।

विश्वका कूल संक्रमितमध्ये आधा अमेरिका र युरोपमा छन्। बीबीसीका एकजना संवाददाता भन्छन्, ‘अधिकतर युरोपली देशले त्यहाँ स्थिति नियन्त्रणमा रहेको विश्वास गरिरहेका बेला अमेरिकामा भने संक्रमण जंगलमा लागेको डढेलोजसरी फैलिरहेको छ।’

कोरोनाले दक्षिण एसिया र अफ्रिकालाई पनि सताइरहेको छ र त्यो जुलाईमा उच्च बिन्दुमा पुग्ने ठानिएको छ।
कोरोना संक्रमणले विश्वभरि ५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ करोड १० लाख नाघेको छ।

विश्वमै सबैभन्दा बढी अमेरिकामा १ लाख २५ हजार जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या पनि संसारमै सबैभन्दा बढी २५ लाखभन्दा बढी भइसकेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयले संकलन गरेको तथ्यांकअनुसार अमेरिकापछि कोरोनाबाट सबैभन्दा पीडित ब्राजिल हो।

१३ लाखभन्दा बढी संक्रमित रहेको ब्राजिलमा ५७ हजार मानिसको मृत्यु भएको छ। त्यसपछि सबैभन्दा धेरैको मृत्यु हुने देशमा ब्रिटेन, इटली र फ्रान्स छन्।

तर बढी संक्रमित भएका देशमध्ये तेस्रो स्थानमा रहेको रुसमा ६ लाखभन्दा धेरै र भारतमा ५ लाखभन्दा बढी संक्रमित छन्।