४ हजार पिसिआर टेस्ट गर्दा ४६३ जना संक्रमित भेटिए
काठमाडौं- आज आइतबार मात्रै नेपालमा ४६३ जना संक्रमित थपिएका छन् । विस्तारै कम हुने आंकलन गरिएको कोरोना संक्रमण झन् झन् फैलिँदै गैरहेको छ । सरकारकै तथ्यांक अनुसार नेपाल पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ ।
यससंगै नेपालमा हालसम्म संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छन् । कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ३०१३ पुगेको छ । नेपालमा २९ जनाको कोरोनाकै कारण मृत्यु भैसकेको छ । आज पछिल्लो २४ घण्टामा करिव ४ हजार पिसिआर टेस्ट गरिएको जनाइएको छ ।
दैनिक गर्ने मिडिया ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमित थपिएको जानाएको हो । दिनहुँ सयौंको संख्यामा संक्रमित भेटिंदै गएपछि अवस्था चिन्ताजनक भएको विज्ञहरूले बताउने गरेका छन् ।
नेपालमा कोरोना संक्रमण चौथो चरणमा चरणमा प्रवेश गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ५ हजार सक्रिय संक्रमण भएको अवस्थालाई संक्रमणको तेश्रो चरण बताइएको छ ।
पछिल्ला केहिदिन नेपामा हरेक दिन सर्वाधिक संक्रमित थपिने क्रम जारी छ । भारतबाट नेपाल भित्रिनेहरूको संख्या पनि दिन प्रतिदिन बढ्दो छ भने कोरोनाको कहर पनि दिनप्रतिदिन बढ्दै छ ।
हरेक दिन ठुलो संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि नेपालको अवस्था नाजुक बन्दै गैरहेको छ । एकातिर क्वारेन्टाइनबाट नै संक्रमण फैलिएको छ भने अर्कातिर अस्पतालमा आइसोलेसनको अभाव भैरहेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या करिव १ करोड १ लाख पुगेको छ भने करिव ५ लाख १ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । हालसम्म विश्वभर करिब ५४ लाख ७७ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् ।