कार दुर्घटना परि पत्रकार कृष्ण पाण्डेको मृत्यु - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कार दुर्घटना परि पत्रकार कृष्ण पाण्डेको मृत्यु



बुटवल । कार दुर्घटनामा परी रुपन्देहीमा एक पत्रकारको मृत्यु भएको छ । कलाकार तथा पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

गएराती बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा बा ७ च ६९५९ नम्बरको कार दुर्घटना हुँदा तिलोत्तमा–६ मा बस्दै आएका पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी निरीक्षक लक्ष्मण थापाले जानकारी दिए ।

थापाका अनुसार, गएराति पौने १२ बजेतिर सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना हुँदा पाण्डेको मृत्यु भएको हो ।

दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका उनलाई बुटवलको चौराहा हस्पिटल प्रा. लि.मा उपचारका लागि ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।