अमेरिकामा संक्रमणको स्थिति भयावह: फेरि लागू गरियो लकडाउन
एजेन्सी- कोरोना महामारीबाट सबैभन्दा बढी क्षति बेहोरिरहेको अमेरिकाको अवस्था चिन्ताजनक बनेको छ ।
अमेरिकामा कोरोना भाइरसबाट संक्रमिति हुनेको संख्या २५ लाख नाघेको छ। केहि क्षण मथ्थर बनेको संक्रमण अहिले पुन: चरम रुप लिइरहेको छ ।
बीबीसीका अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण १ लाख २५ हजार ४ सय ७२ जनाको ज्यान गैसकेको छ ।
फ्लोरिडा राज्यमा कोरोनाबाट संक्रमण हुने क्रम बढिरहेको छ। यसलाई ध्यान दिँदै अमेरिकाका विभिन्न स्थानमा लकडाउनजस्ता प्रतिबन्ध पुनः लागू गरिएका छन्।
अमेरिकाको फ्लोरिडा र टेक्सास राज्य कोरोना भाइरस महामारीको नयाँ ‘हटस्पट’ बन्दै गएका छन् । ती राज्यमा लगातार संक्रमितको संख्या बढ्दै गएको छ । जसका कारण पुनः राज्यमा लकडाउन लागु गर्नु परेको छ ।
फ्लोरिडामा शनिबार एकै दिन ९ हजार पाँच सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शुक्रबार राज्यमा झण्डै ९ हजार जनामा संक्रमण पुष्टि भएको थियो ।
फ्लोरिडाले जस्तै टेक्सासले पनि शुक्रबार लकडाउनमा कडाइ गरेको थियो । फ्लोरिडा र टेक्साससहित अमेरिकाका दक्षिणी राज्यहरुमा पछिल्लो समय संक्रमण तीव्र गतिमा बिस्तार भइरहेको छ ।
विश्वभर संक्रमितको संख्या एक करोड पुगेको छ । विश्वभर ज्यान गुमाउनेको संख्या पाँच लाख भन्दा धेरै पुगेको छ ।