बैठकमा वामदेवले उठाए महाकाली सन्धिको गम्भीर सवाल
काठमाडौं- नेकपाका उपाध्यक्ष वामदेव गौतमले जारी स्थायी कमिटि बैठकमा महाकाली सन्धि र त्यससँग जोडिएका विषयका बारेमा आवाज उठाएका छन् । तत्कालिन समयमा गौतमलगायतका नेताहरू महाकाली सन्धिको उभिएका थिए ।
गौतमले उक्त सन्धिको विपक्षमा उभिदा आफूहरुमाथि अन्याय भएको बताएका छन्। स्थायी कमिटीको बैठकमा शनिबार उपाध्यक्ष गौतमले आफूहरुमाथि अन्याय भएको बताएका हुन्।
सीमा समस्या र समाधान विषयको छलफलमा उपाध्यक्ष गौतमले त्यसबेला महाकाली सन्धिको विपक्षमा उभिदा पार्टीले कारबाही गरेर आफूहरुमाथि अन्याय गरेको बताए। गौतमले बैठकमा भनेका थिए “नक्शा जारी गरेर राम्रो भएको छ। तर, त्यस बेला महाकाली सन्धिको विपक्षमा उभिदा हामीमाथ अन्याय भयो। त्यो स्वीकार गरियोस् ।”
त्यसबेला गौतम सहित साहना प्रधान, सीपी मैनाली, आरके मैनाली, केशवलाल श्रेष्ठ लगायतलाई पार्टी निर्णयको विपक्षमा उभिएको भन्दै कारबाही गरिएको थियो। उक्त दस्तावेज नसच्याएकाले अब सच्याउनुपर्ने बताएका थिए।
‘महाकाली सन्धिकै कारण पार्टी फुट्यो, हामीले भारतको हेपाइ र दमन खेप्न पर्यो’, बैठकमा गौतमले भने, ‘महाकाली सन्धि गर्न अघि सर्ने नेता नै अहिले पार्टी र सरकारको नेतृत्वमा हुनुहुन्छ, उहाँले क्षमायाचना गरेर मलाई सम्मान गर्नुपर्छ।’ गौतमले बैठकमा भने
महाकाली नदीको मुहान छुट्याउनुपर्ने भन्ने संघर्ष पार्टीभित्र हुँदै संसदमा पुगेको र पार्टी विभाजन भएको उनले संस्मरण गरेका थिए। तर, अहिले लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नक्शा जारी गरिएपछि हिजो आफूहरुमाथि अन्याय भएको पुष्टि भएको गौतमको भनाइ थियो।
शुक्रबार १८ जनाले सीमा समस्या र समाधानबारे धारणा राखेका थिए भने शनिबार २१ जनाले बोलेका थिए। शनिबार गौतम सहित, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, योगेश भट्टराई लगायतले बोलेका थिए। अर्को बैठक १६ असारमा राखिएको छ।