एक करोड नजिक कोरोना संक्रमित: कुन देशको अवस्था कस्तो ?
काठमाडौं- विश्वभर तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड नजिक पुगेको छ।
जोन्स होप्किन्स विश्वविद्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार ९७ लाख ७८ हजार ६ सयभन्दा बढि कोरोनाबाट संक्रमित भएका छन् ।
वर्डओमिटरले राखेको तथ्यांक अनुसार कोरोनाबाट संक्रमित हुनेको संख्या अझै धेरै छ । उसका अनुसार विश्वरभर ९९ लाख ६ हजार ५ सयभन्दा धेरै व्यक्ति संक्रमित भएका छन् ।
पछिल्लो एक महिना यता दिनहुँ एक लाख २० हजारभन्दा बढि संक्रमित थपिने गरेको छन् । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ९४ हजार बढिमा संक्रमण पुष्टि भएको छ । ४ हजार ८ सय ९३ जनाको मृत्यु भएको छ।
कोरोनाबाट शनिबार बिहानसम्ममा ४ लाख ९३ हजार ६ सय ७३ जनाको मृत्यु भएको छ। ४९ लाख ३२ हजार ३ सय ९२ जना निको भएर घर फर्किएको जोन्स होप्किन्स विश्वविद्यालयले जनाएको छ ।
कोरोनाबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा २४ लाख ६७ हजार ४ सय ४ जना संक्रमित भएका छन् भने १ लाख २५ हजार ३९ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा १२ लाख ७४ हजार ९ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ भने ५५ हजार ९ सय ६१ जनाको मृत्यु भएको छ ।
तेस्रो प्रभावित मुलुक रुसमा ६ लाख १९ हजार ९ सय ३६ जना संक्रमित भएका छन् भने ८ हजार ७ सय ७० जनाको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारतमा ४ लाख ९० हजार ४ सय १ जनामा संक्रमण पुष्टि हुँदा १५ हजार ३ सय १ जनाको मृत्यु भएको छ ।
पाँचौं प्रभावित मुलुक ३ लाख १० हजार ८ सय ३६ जना संक्रमति हुँदा ४३ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ।
कोरोनाबाट अत्ति प्रभावित मुलुकको छैटौं सूचीमा रहेको पेरुमा संक्रमितको संख्या २ लाख ७२ हजार ३ सय ६४ छ भने ८ हजार ९ सय ३९ जनाको मृत्यु भएको छ। चिलीमा २ लाख ६३ हजार ३ सय ६० जनामा संक्रमण पुष्टि हुँदा ५ हजार ६८ जनाको मृत्यु भएको छ।
नेपालमा भने शनिबार बिहानसम्ममा कोरोनाबाट ११ हजार ७ सय ५५ जना संक्रमित भएका छन् भने २७ जनाको मृत्यु भएको छ।