काङ्ग्रेसले माग्यो क्वारेन्टाइन व्यवस्थापनको खर्च विवरण - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

काङ्ग्रेसले माग्यो क्वारेन्टाइन व्यवस्थापनको खर्च विवरण



कैलाली – घोडाघोडी नगरपालिकाले गर्ने विकास निमार्ण लगायत बिभिन्न गतिबिधिहरुमा भएको व्यापक जनगुनासोलाई मध्यनजर गर्दै नेपाली कांग्रेस घोडाघोडी नगर कार्य समितिले नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार नेपाली कांग्रेस घोडाघोडी नगर कार्य समितिले नगर प्रमुख ममता प्रसाद चौधरीलाई कार्यलयमा पुगेर ज्ञापन पत्र बुझाएको हो । सभापती कमल राज चौधरीको हस्ताक्षरीत ज्ञापन पत्रमा नगरपालिका भित्र भई रहेको बिकास निर्माणको कार्यमा व्यापक जनगुनासो आएको भन्दै नेपाली कांग्रेस घोडाघोडी नगर कार्य समितिको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा आर्थिक वर्ष २०७६ / ०७७ को सम्पुर्ण बजेट सिलिङ्ग तथा आर्थिक वर्ष २०७७ / ०७८ को निति तथा कार्यक्रम उपलब्ध गराउन, क्वारेन्टाइन र आइसोलेसनमा राखेका व्यक्तिहरुको यथार्थ तथ्याङ्क र खर्च भएको बजेटको विवरण उपलब्ध गराउन माग गरिएको छ ।

त्यस्तै वृहत घोडाघोडी पर्यटन विकासको वोर्डको आर्थिक वर्ष २०७६ / २०७७को खर्च विवरण उपलब्ध गराउन, घोडाघोडी नगर प्रशासनले नगर पालिका भित्र हुने हरेक विकास निमार्ण लगायत कामहरुमा पार्टीको एजेन्टको रुपमा नगरी निष्पक्ष जनता केन्द्रित गतिबिधि संचालित गर्नु पर्ने जोडदार माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।