स्थानीय तहलाई खाद्यान्न सहयोग

विशाल पाण्डेय/कैलाली-
कैलालीका विभिन्न स्थानीय तहहरुलाई खाद्यान्न सहयोग गरिएको छ । सामाजिक विकासका लागि सचेत समाज (cssd) र वल्डभिजनको संयुक्त साझेदारीमा घोडाघोडी नगरपालिका तथा कैलारी गाउपालिकालाई खाद्यान्न वितरण गरिएको हो ।
कोरोना भाइरस (कोभिड -१९) को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा बसोबास गर्ने मानिसहरूलाई खुवाउनको लागि शुक्रबार उक्त खाद्यान्न सामाग्री वितरण गरिएको सीएसएसडीका फिल्ड अधिकृत कल्पना चौधरीले बताइन् ।
घोडाघोडी नगरपालिकामा चामल ९०० किलो ,तेल ७५ लिटर ,नुन ७५ किलो दाल १५५ किलो ,चिनी ७५ किलो अण्डा २२ सय पिस ,आलु १ हजार किलो गरि कुल १ लाख ६९ हजार ९ सय १५ रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको छ भने कैलारी गाउपालिकामा चामल ४६२ किलो ,नुन ३९ किलो तेल ३९ लिटर , दाल ७२ किलो ,चिनी ३९ किलो ,अण्डा ९७८ पिस आलु ५ सय किलो गरि कुल ८३ हजार ९ सय ७ रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको सीएसएसडीका फिल्ड अधिकृत चौधरीले जानकारी दिइन ।

यस अघि पनि बिहिवार सामाजिक विकासका लागि सचेत समाज (cssd) र वल्डभिजनको संयुक्त साझेदारीमा घोडाघोडी नगरपालिका ,गौरीगंगा र कैलारी गाउँपालिकामा अति जोखिममा रहेका र वल्ड भिजनमा दर्ता भएका २ सय ५० बालबालिकाको घरपरिवारलाई खाद्यान्न वितरण गरिएको थियो । संस्थाले प्रति बालबालिका ३ हजार ३७ रुपैयाँका दरले खाद्यान्न वितरण गरिएको जनाएको छ ।

