काठमाडौं ठेगाना भएका ७९ जना संक्रमित
काठमाडौं- लक डाउन खुकुलो भएपछि काठमाडौं उपत्यकामा पनि निकै जोखिम बढ्दै गैरहेको छ। काठमाडौं उपत्यकाभित्र हालसम्म कोरोना संक्रमितको संख्या ७९ जना पुगेको छ।
शुक्रबार मात्र काठमाडौंका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यो संख्या कोरोना संक्रमण परीक्षण गर्दा आफ्नो ठेगाना काठमाडौं उपत्यकाका जिल्लाहरु उल्लेख गर्ने मात्रको हो।
कोभिड-१९ संक्रमण हेर्न प्रहरी प्रधान कार्यालयद्धारा गठित समितिका अनुसार काठमाडौं उपत्यकामा हाल ४० जना उपचारका क्रममा छन्।
हालसम्म काठमाडौंमा ४५ जना, भक्तपुरमा २४ जना र ललितपुरमा १० जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा संक्रमण पुष्टी भएकामध्ये ४१ जना महिला र ३८ जना पुरुष छन्।
यीमध्ये एक जनाको मृत्यु भएको छ। बिहीबार ललितपुरमा मृत्यु भएका एक पुरुषको ठेगाना परिक्षण गर्दा उपत्यकाबाहिरको उल्लेख गरेकाले प्रहरीको तथ्यांकमा यसलाई समावेश गरिएको छैन।
पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना भाइरस संक्रमतिको संख्या साढे ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ७ सय ५५ पुगेको छ।