हत्याको आरोपमा चार जना पक्राउ

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका -१ का २२ वर्षिय गोबिन्द सापकोटाको हत्याको आरोपमा चार जना पक्राउ परेका छन् ।
गत जेठ २७ गते घोडाघोडी नगरपालिका -८ करुवा खोलामा पौडी खेल्न जादा हत्या गरिएको आरोपमा चार जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
मृतककी आमा गौदेवी सापकोटाले बिहिवार दिएको किटानी जाहेरीको आधारमा घोडाघोडी नगरपालिका -१ का ३२ वर्षिय प्रभात चौधरी , बर्ष २० का मिलन ऐर, बर्ष २१ का सागर बोहरा र घोडाघोडी नगरपालिका-३ का २२ वर्षिय विक्रम बिष्टलाई पक्राउ गरि जिल्ला चलान गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख हरिशरण भट्टले जानकारी दिए ।
भट्टले घटना गत जेठ २७ गते भएपनी किटानी जाहेरी बिहिवार दिइएको हुनाले शुक्रबार पक्राउ गरि जिल्ला पठाएको बताए ।
घटनाको बारेमा थप अनुसन्धान गरि आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।

