भारतमा चट्याङ लागेर एकैदिन १ सय ७ को मृत्यु, संख्या अझै बढ्ने - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

भारतमा चट्याङ लागेर एकैदिन १ सय ७ को मृत्यु, संख्या अझै बढ्ने



काठमाडौं- भारतमा चट्याङले लागेर एकैदिन १ सय ७ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार वर्षासँगै परेको चट्याङले लाग्दा बिहारमा कम्तीमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको हो। घटना बिहीबारको हो।

क्षतिको विवरण संकलन जारी नै रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बिहारको विपद् प्रबन्ध विभागका मुख्य सचिव प्रत्यय अमृतले बताएका छन्।

बीबीसीसँग उनले भनेका छन्, ‘अन्य सबै जिल्लामा भएका क्षतिबारे विवरण संकलन जारी छ। कुनै जिल्लामा धेरै चट्याङ परेका थिए। यसैकारण क्षति अझै भएकाे हुन सक्छ।’

पटनास्थित मौसम विज्ञान केन्द्रले आगामी तीन दिन अझै भारी वर्षाकाे सम्भावना रहेकाले सतर्क रहन चेतावनी जारी गरेकाे छ। जसले गर्दा अझै चट्याङ पर्ने सम्भावना देखिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।