अमेरिकी सरकारी निकाय नै भन्छ: दुई करोड अमेरिकी संक्रमित हुन्छन - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

अमेरिकी सरकारी निकाय नै भन्छ: दुई करोड अमेरिकी संक्रमित हुन्छन



एजेन्सी- अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले दुई करोड अमेरिकी कोरोना भाइरसबाट संक्रमित हुन सक्ने आशंका व्यक्त गरेको छ।

सिडिसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले बिहिबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो आशंका व्यक्त गरेका हुन्। उनले भने, ‘एक जनामात्रै कोरोनाको नयाँ संक्रमित देखिँदा १० अन्य संक्रमित थपिइरहेका छन् ।’

सिडिसीका अनुसार अमेरिकामा यो महामारीले युवा वर्गलाई सर्वाधिक प्रभावित पारिरहेको छ। सिडिसीका संक्रामक रोग विशेषज्ञ डा. जय बटलरका अनुसार युवा संक्रमित हुनुको सबैभन्दा मुख्य कारण ज्येष्ठ नागरिकले जस्तो उनीहरुले सावधानी अपनाउँदैनन्।

युवामा कोरोनाबारे जागरुकता बढाउनका लागि टिकटकजस्तो सोसल मिडिया प्लेटफर्मको प्रयोग गर्ने सिडिसीले बताएको छ।