बिहानै थपिए ठुलो संख्यामा संक्रमित - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

बिहानै थपिए ठुलो संख्यामा संक्रमित



भरतपुर- चितवनस्थित भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार बिहान भरतपुर अस्पतालले सूचना प्रकाशित गरि पाल्पाका ९३ जनामा कोरोना संक्रमण पुष्टि भएकाृ जनाएको छ। असार १० गते गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

पाल्पाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा सयौं स्थानीय वासिन्दालाई राखिएको छ। उनीहरुमध्ये दुई सय ३४ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि भरतपुर पठाइएको थियो। तिनैमध्ये ९३ जनामा कोरोना देखिएको हो।

अस्पतालको सूचनामा विभिन्न स्थानका दुई सय ९७ जनाको परीक्षण गरिएको र त्यसमध्ये ९३ जनामा संक्रमण देखिएको जनाएको छ। दुई सय चार जनामा भने संक्रमण देखिएको छैन।

यो सँगै पाल्पामा संक्रमितको संख्या तीन सय ३९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले पाल्पाले जनाएको छ। एकै दिन ९३ जनामा संक्रमण देखिएपछि क्वारेन्टाइनमा रहेका अन्य व्यक्ति त्रसित बनेका छन्।