अमेरिकामा झनै बेहाल: एकैदिन ४० हजार नजिक संक्रमित - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

अमेरिकामा झनै बेहाल: एकैदिन ४० हजार नजिक संक्रमित



एजेन्सी- अमेरिकामा कोरोना संक्रमणको दोश्रो लहर आउने त्रास बढेको छ। अमेरिकाले लगभग सबै राज्यमा लकडाउन खुकुलो गरेको बेला संक्रमण ह्वातै बढेर उत्कर्षतीर पुगेको हो।

बुधबारमात्रै अमेरिकामा एकैदिन अमेरिकामा करिव ४० हजार कोरोना भाइरसबाट संक्रमित भए।पछिल्लो विवरण अनुसार बुधबारमात्र त्यहाँ लगभग ४० हजार नयाँ संक्रमित थपिएका छन।

संक्रमण फेरि फैलिन थालेपछि कतिपय राज्य लकडाउन पुनः कडा गर्नेतर्फ सोच्न थालेका छन।कतिपय शहरहरूले भने मानिसको आवतजावतमा कडाइ गर्न थालिसकेका छन।

कोरोनाको दोश्रो लहरको त्रासले अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ।वर्ल्ड मिटरका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ९५ लाख २० हजार नाघेको जनाएको छ।

उसका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८४ हजारको नजिक पुगेको छ।

संक्रमित संख्याको आधारमा अमेरिका पहिलो नम्बरमा रहेको छ भने दोश्रोमा ल्याटिन अमेरिकी मुलुक ब्राजिल रहेको छ।

अमेरिकामा संक्रमित संख्या २४ लाख ६३ हजार बढी भइसकेको छ भने १ लाख २४ हजार बढीको ज्यान गइसकेको छ।

यस्तै दोश्रो धेरै संक्रमित रहेको ब्राजिलमा यो संख्या ११ लाख ९२ हजार पार भएको छ भने मृतक संख्या ५४ हजारको नजिक पुगेको छ।

यस्तै रूसमा ६ लाख ६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ। संक्रमितको अनुपातमा त्यहाँ मृतक संख्या अन्य मुलुकको दाँजोमा निक्कै कम छ।

हालसम्म रूसमा कोरोनाबाट ८ हजार ५ सय बढीको मृत्यु भएको बिबिसीमा प्रकाशित समाचारमा उल्लेख छ। यधपी विज्ञहरूले रूसले वास्तविक संख्या लुकाएको हुनसक्ने बताउँदै आएका छन्।

संक्रमित संख्याको आधारमा विश्वको चौथो मुलुक बनेको भारतमा हालसम्म ४ लाख ७२ हजार बढी संक्रमित फेला परेका छन् भने १४ हजार ४ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ।

त्यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या ३ लाख ६ हजार बढी पुगिसकेको तथ्यांक छ।यस महामारीका कारण हालसम्म बेलायतमा ४३ हजार बढीको मृत्यु भइसकेको छ।