जनता समस्यामा भएको भन्दै पूर्वराजाले गरे जन्मदिन नमनाउने घोषणा - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

जनता समस्यामा भएको भन्दै पूर्वराजाले गरे जन्मदिन नमनाउने घोषणा



काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक आफ्नो जन्मोत्सव नमनाउने भएका छन् ।

बुधबार साँझ प्रेस विज्ञप्ति जारी गरी यही असार २३ गते परेको आफ्नो ७४ औं जन्मोत्सव नमनाउने निर्णय गरेको जनाएका छन् ।

कोरोना भाइरसका कारण मुलुक विषम परिस्थितिमा रहेको भन्दै पूर्वराजाले जन्मदिन नमनाउने निर्णय गरेको बताएका छन् ।

पूर्वराजाले आजको कालखण्डमा परस्पर आरोप प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुनेतर्फ दलहरुको ध्यानाकर्षण गर्दै राष्ट्र एकीकरण, नेपालको स्वाधिनताको संरक्षण र विकासको चिन्तन कहिले कसले र कोबाट भयो भनी आम हेक्काको विषय भएकोतर्फ सचेत गराएका छन् ।

पूर्वराजाले गौरवमय इतिहासलाई स्वीकार गरेर जानुपर्नेमा जोड दिँदै राष्ट्रियता नै मुल मन्त्र र एकता नै शक्ति भएको स्मरण गराएका छन् ।

पूर्वराजाले कोरोना भाइरसको संक्रमणको समयमा नेपालीले भोग्नु परेको गास, बास र कपास लगायतका विविध समस्या समाधान गर्न सरकारसंग आग्रहसमेत गरेका छन् ।

उनले विविध कारणले विदेशबाट फर्केकालाई आफ्नै देशमा श्रम, सीप र सामथ्र्यको सदूपयोग गर्न पनि आग्रह गरेका छन् ।