प्रचण्डले भने: जनताको विस्वास नतोडौं, चुनाव फेरि पनि आउँछ - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

प्रचण्डले भने: जनताको विस्वास नतोडौं, चुनाव फेरि पनि आउँछ



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा एमसीसीलगायत सात बुँदे एजेन्डा पेश भएको छ। अध्यक्षद्वयले सम्बोधन गरेको बैठकमा एमसीसी लगायत सात बुँदे एजेण्डा तयार गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

एक नेताका अनुसार बैठकमा दुई जना अध्यक्षले बोलेका थिए । प्रधानमन्त्री ओलीले पार्टी र अर्का अध्यक्षबाट आफूलाई सहयोग नभएको गुनासो गरेका थिए ।

ओलीले सरकारले राम्रो काम गर्दा पनि चारैतिरबाट आक्रमण मात्रै भएको, कसैको सहयोग नपाएको गुनासो गरेका थिए ।

तर, अर्का अध्यक्ष प्रचण्डले भने सरकार इतिहासमै बदनाम भएको, यतिधेरै शक्तिशाली सरकार हुँदापनि जनाताले चैनको सास फेर्न नपाएको, जनतामा चरम निराशा बढेको बताएका थिए। प्रचण्डले यस्तै तरिका रहनेहो भने अर्को चुनावमा कम्युनिस्टहरूलाई जनताले विस्वास नगर्ने समेत बताएको एक नेताले बताए ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अर्को बैठक शुक्रबार बस्नेछ।

‘कोरोनाको कारण कर्मचारीको बैठक र प्रोत्साहन भत्ता काट्यौ, अब प्रदेश तथा संघीय सांसदको पनि भत्ता नलिनका लागि अन्य दलहरुसँग समेत छलफल गर्ने लगायत विविध विषयहरु एजेण्डामा आएका छन्,’ श्रेष्ठले भने।

श्रेष्ठले बताए अनुसार अनुसार रुकुम चौरजहारीको हत्याकाण्ड, नागरिकता ऐन संशोधन लगायतका विषयमा पनि छलफल गर्न बैठकमा माग गरिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सुरुवातमा अहिलेको सन्दर्भमा अध्यक्षद्वयको मन्तव्य, कोरोना रोकथाम, तथा नियन्त्रण, सीमा समस्या र समधान, सरकारको कामको समिक्षा, पार्टीको कामको समिक्षा, एमसीसी र विविध गरी सात वटा एजेन्डा तयार गरेको छ।

अर्को बैठक असार १२ गते बस्ने तय भएको छ।