नागरिकता विधेयकमा गगन थापाले राखे कांग्रेसले भन्दा फरक मत - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

नागरिकता विधेयकमा गगन थापाले राखे कांग्रेसले भन्दा फरक मत



काठमाडौं- पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापाले नागरिकता विधेयकमा कांग्रेसले भन्दा फरक मत राखेका छन् । अहिले विदेशी बुहारीलाई दिइने अङ्गिकृत नागरिकताको विषयलाई लिएर सदनदेखि सडकसम्म विभिन्न वहस चलिरहेको छ ।

अङ्गिकृत नागरिकतालाई लिएर पक्ष-विपक्षमा चर्का वहस चलिरहेका छन् । नागरिकताका विषयमा वहस र विवाद बढिरहेका बेला नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले फरक धारणा राखेका छन् । नेता थापाले नागरिकतासम्बन्धी नयाँ कानून महिला र पुरुषमा समान हुनुपर्ने बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत आफ्ना धारणाहरु सार्वजनिक गर्दै उनले कानूनमा समानता भए समयावधिले फरक नपार्ने बताएका छन् ।

‘संविधानमा नागरिकताका विषयमा गरिएको व्यवस्थालाई अध्ययन र मनन् गर्नुपर्छ’ उनले भनेका छन्, ‘विदेशीलाई अंगिकृत नागरिकता दिने विषयमा महिला र पुरुषमा विभेदकारी कानून बनाइनु मौलिक हक अन्तर्गत समानताको हकको वेवास्ता गर्नु हो ।’

‘संविधानमा नेपाली पुरुषले विदेशी महिला विवाह गरे उनीले अंगिकृत नागरिकता पाउने छिन भने नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेर जीवनभर नेपालमै बसोबास गर पनि ती विदेशी पुरुषले अंगिकृत नागरिकता पाउँदैनन् ।’

थापाले भनेका छन्, ‘विगतमा समानतामा मुद्दामा आफू अगाडि रहेको दावी गर्ने नेकपा नेतृत्व, समानता र स्वतन्त्रतासहितको लोकतन्त्रका लागि लडेको भन्ने कांग्रेस नेतृत्व, अनि समानाता र आत्मसम्मानकै आवाज उठाएको मान्ने जसपाको नेतृत्व, प्रधानमन्त्रीदेखि प्रमुख प्रतिपक्षी दलका नेतासम्म, नेकपा, नेका, जसपा हामी सबैले एक पटक सोचौं, आफैंले बनाएको संविधानमा लेखेको सारभूत समानतालाई सम्झौं र मनन गरौं ।’

उनले नागरिकताका सम्बन्धमा जसरी नक्साको विषयमा एकजुट भएका थियौं, त्यसैगरी यो विषयमा पनि आवेग होइन विवेकका साथ सामुहिक प्रयासबाट समाधान खोज्न आग्रह गरेका छन् ।