तनावमा प्रधानमन्त्री: सबै विकल्प सकिए, अबको गोटी माधव नेपाल - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

तनावमा प्रधानमन्त्री: सबै विकल्प सकिए, अबको गोटी माधव नेपाल



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय निकै संकटमा देखिएका छन् । सत्ता टिकाउन उनले गरेकापछिल्ला हरेक प्रयास असफल भएक छन् । पार्टीभित्र र बाहिर चौतर्फी घेराबन्दीमा परेको निष्कर्ष उनकै निकटस्थले निकालेका छन् ।

यसलाई तोड्न उनले अहिले अन्तिम अस्त्र प्रयोग गरिरहेका छन् । अघिल्लो महिना प्रयोग गरेको वामदेव कार्डले केहि समय विवाद मथ्थर भएको थियो ।

ओलीले अब वरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउन प्रयास गरिरहेको नेपाल निकट एक नेताले बताएका छन् । उनले नेपाललाई अध्यक्ष दिएर भएपनि सत्ता टिकाउने तयारी गरेको बुझिएको छ । उनको प्रस्तावसहित निकटस्थले माधवकुमार नेपाललाई सम्पर्क गरिसकेका छन् । तर, नेपाल पक्ष यो प्रस्तावमा तयार नभएको बुझिएको छ ।

माधव नेपाल आफै प्रधानमन्त्री बन्ने तयारीमा छन् । उनले त्यसको ग्रिन सिग्नल समेत पाइसकेका छन् । तैपनि, माधव नेपाललाई मनाएर भएपनि एमसीसीबारे पार्टीमा निर्णय गराउने ओलीको तयारी भइरहेको छ ।

ओलीलाई हटाउन प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमको बलियो एकता भइसकेको छ । त्यसमा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि संलग्न छन् । रामबहादुर थापा बादल सरकारमा रहेकाले खुलेका छैनन् । अब सचिवालयका पाँच सदस्य दरिलो रुपमा अडिए ओलीका लागि सत्ता टिकाउन कठिन हुने देखिएको छ । तर, त्यो घेरा तोडेर जान ओलीले हिम्मत गरिरहेका छन् ।

केहिदिन यता वामदेव गौतमलाई रोजेको मन्त्रालय र उपप्रधानमन्त्री दिने भन्दै गरेको अफरले पनि वामदेव कन्भिन्स नभएको स्रोतले बताएको छ । गृहमन्त्री बादलले पनि प्रचण्ड-नेपाल गठवन्धनलाई सघाउने भित्रि बाचा गरेको समेत बताइएको छ ।

ओलीसँग माधवकुमार नेपाललाई मनाउने नभए कठोर निर्णय लिनेसम्मको तयारी रहेको स्रोतले जानकारी दिएको छ । त्यस्तो अवस्थामा नेकपा र देशमै ठुलै दुर्घटना सम्म हुनसक्ने आंकलन नेताहरूले गरेका छन् ।

यसैगरी, हिजो बालुवाटार पुगेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई सरकारबाट ब्याक हुन भनेका थिए । उनले उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेलकै सामुन्ने राजीनामा मागेका थिए । हिजोको बालुवाटार बैठकपछि ओली पक्षले नयाँ रणनीतिसहित अभ्यास शुरु गरेको थियो ।