सकियो एमसीसीको आयु - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सकियो एमसीसीको आयु



काठमाडौं– निकै विवादको जड बनेको अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सदनबाट असार १६ गते नै पारित नहुने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलोका कारण एमसीसी असार १६ मा पास नहुने भएको हो

असार १६ गतेभित्र सदनबाट पारित भएर एमसीसी कार्यान्वयनमा गइसक्नुपर्ने डेडलाइन छ । तर, सभामुख अग्नि सापकोटाले एकैचोटी असार १७ गतेका लागि प्रतिनिधिसभाको बैठक बोलाएका छन् ।

नेकपामा एमसीसी हुबहु पास गर्नुपर्ने र परियोजनामा भएका केही बुँदा संशोधनसहित पारित गर्नुपर्ने दुई पक्षको मतभेदका कारण एमसीसीमा सहमति हुन सकेको छैन् । सम्झौताअनुसार एमसीसी गत ०७६ असोज १३ गते सदनबाट पारित गर्नुपर्ने थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुको हठका कारण एमसीसीमा विवाद उत्पन्न हुँदै आइरहेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, भीम रावल, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरुले एमसीसीका केही बुँदाहरु आपत्तिजनक रहेकाले संशोधन गरेर पारित गर्नुपर्ने बताए पनि प्रधानमन्त्री ओली हुबहु पारित हुनुपर्ने अडानमा छन् ।

असार १० गते बिहान बस्ने नेकपा स्थायी कमिटीको बैठकले एमसीसीको विषयमा सहमति जुटाउन प्रयास गरिने नेताहरुले बताएका छन् । पार्टीभित्रको किचलोले एमसीसी पारित नहुने पक्का भैसकेको छ ।