एमसीसीको विरोध गर्नेमाथि खनिए बास्कोटा: लगाए गम्भीर आरोप - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

एमसीसीको विरोध गर्नेमाथि खनिए बास्कोटा: लगाए गम्भीर आरोप



काठमाडौं- बहुचर्चित ७० करोड काण्डमा फसेर मन्त्रीबाट राजिनामा दिएका प्रधानमन्त्री ओलीका प्रियपात्र गोकुल बास्कोटाले मिलिनियम चाइलेन्ज कर्पोरेसन एमसीसीको बिरोध गर्नेहरू ओलीलाई विस्थापित गर्ने मिसन भएको आरोप लगाएका छन् ।

उनि ओलीलाई विस्थापित गर्न यो मिसन चलाइएको भन्दै एमसीसीका विरोधीहरू माथि खनिएका छन् । उनले एमसीसी सम्झौताबारे अफवाह फैलाइएको समेत बताएका छन् ।

पूर्वमन्त्री बाँस्कोटाले एमसीसीले बिआईआर रोक्छ भन्ने तर्क गलत रहेको बताउँदै बाँस्कोटाले भनेका छन्, ‘बिआईआरमा नेपाल सहभागी भैसकेको कुराको हेक्कासमेत नराखी एमसीसीले बिआईआर रोक्छ भन्नु त गज्जबकै कुतर्क हो।’ एमसीसीको विरोध गर्नेहरुलाई कडा प्रश्न गर्दै उनले एमसीसीको कुन दफाले अमेरिकी सेनालाई नेपाल आउन दिएको छ देखाउन चुनौती पनि दिएका छन् ।

एमसीसीबारे संसदमा सफाबार छलफल गर्नुपर्ने भन्दै बास्कोटाले सम्झौता गर्ने सरकारका नेताहरुले बोल्नुपर्ने बताए । उनले एम्सीसीबारे आवाज उठाउँदा राष्ट्रघात गरेको आरोप लगाइए गरेको समेत गुनासो गरेका छन् ।

उनले एमसीसीलाई जोडेर ओली सरकारलाई विस्थापन गर्न यसको विरोध गरेको आरोप समेत लगाएका छन् । उनले भनेका छन्, ‘एमसीसीबारे संसदमा बहस हुनुपर्छ भन्दा के राष्ट्रघात भो ? सम्झौता गर्ने सरकार र नेताहरुले बोल्नु पर्छ भन्नु पाप हो ? मिसन ओली विस्थापनवाला भए भन्नु केही छैन–सलाम।’

उनले यसबारे थप भनेका छन्, म फेरि भन्छु, मेरो आलोचना अघि मलाई यो बताउ कि एमसीसीको कुन दफा उपदफाले अमेरिकी सेनालाई नेपाल आउने अनुमति दिन्छ?साथै अमेरिकाले बेलाबेलामन गर्ने अन्यायपुर्ण आक्रमण वा हस्तक्षेपबारे अनुदान लिनासाथ मुखमा ठेडी कोचेर बस्न बाध्य पार्छ?अनि आइपीएस र एमसीसीकुन बन्दुमा जोडिन्छन? उसै सराप्ने?’

एमसीसी एउटा परियोजना रहेको र यसले नेकपाको आन्तरिक दाउपेचको मसला बन्नु दुखद् रहेको उनले बताएका छन् । साथै एमसीसीबारे संसदम बुँदागत छलफल हुनुपर्ने बताएका छन्। ‘एमसीसी एउटा परियोजना भन्दाबढी नेकपाको आन्तरिक दाउपेचको मसला बन्नु दुःखद रहेको भन्दै पाँच छ जनाबढी प्रम,अर्थ, उर्जा र परराष्ट्र मन्त्रीहरु कसरी सम्झौताको विन्दुमा पुगे ? तीनीहरु प्रत्येकले बोल्नुपर्ने र संसदमा बुँदागत बहस हुनुपर्ने बताएका छन् ।