आइफोन युजरका लागि खुशीको खबर - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

आइफोन युजरका लागि खुशीको खबर



एजेन्सी- एप्पल कम्पनीले आफ्नो ओपरेटिङ सिस्टम आईओएस १४ भर्सन सार्वजनिक गरेको छ । एप्पलले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको वर्ल्ड वाइड डेभलपर कन्फरेन्समा उक्त आईओएस भर्सन सार्वजनिक गरेको हो ।

नयाँ आईओएस भर्सनसँगै अब एप्पलका नयाँ डिभाइसहरुको होम स्क्रिनमा व्यापक अपडेट हुनेछ । होम स्क्रिनमा विड्गेट, एप लाईब्रेरी सुन्दर तरिकाले रिडिजाइन हुनेछ ।

यसअलावा अब एप क्लिपको मद्दतले आईफोनमा एपहरु नयाँ तरिकाले खोज्न र प्रयोग गर्न सकिनेछ ।

म्यासेज बक्समा पनि शक्तिशाली अपडेट पाउन सकिनेछ । अब म्यापमा एक्सप्लोर गर्ने पनि नयाँ गाईड र विधि पाउन सकिने छन् ।

एप्पलले नयाँ आईओएस भर्सनसँगै गोपनियताको फिचरलाई थप पारदर्शी र नियन्त्रिण बनाउने छ ।

यसअलावा एप्पलले धेरै नयाँ फिचर थप गर्नुका साथै पुराना फिचरमा उत्कृष्ट र शक्तिशाली अपडेटहरु गरेको छ ।