पाकिस्तानसँगको लड्दा लड्दै अर्का गोर्खा सैनिकले ज्यान गुमाए - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

पाकिस्तानसँगको लड्दा लड्दै अर्का गोर्खा सैनिकले ज्यान गुमाए



काठमाडौं- पाकिस्तान र भारतीय सेनाबीच भएको भिडन्तमा एक नेपाली गोरखा सैनिक मारिएका छन् ।

सोमबार बिहान जम्मु कास्मीरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा पाकिस्तानी सेनाले आक्रमण गर्दा भारतीय सेनाका गोर्खा जवान दीपक कार्कीको मृत्यु भएको भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले बताएका छन् ।

‘हवलदार दीपक कार्की एक बहादुर र इमान्दार सिपाही थिए’, आनन्दले भनेका छन्, ‘उनको सर्वोच्च त्याग र कर्तव्य र समर्पणका लागि राष्ट्र उनीप्रति सदैव ऋणी रहनेछ।’

उनी गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–५, खर्ज्याङका स्थायी बासिन्दा रहेको छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए ।

उनका अनुसार सोमबार बिहान मारिएका कार्कीको अन्त्यतेष्टिका लागि आज (मंगलबार) बिहान परिवारका सदस्य गोरखपुर हिडेका छन् । मृतक कार्कीका स–सना तीन सन्तान छन् ।