प्रधानमन्त्रीको नयाँ सुरक्षा सिस्टम: मूल्य जम्मा पाँच करोड
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नेपाल प्रहरीले सर्भिलेन्स गाडीसहितको एलटिई र्यापिङ कम्युनिकेसन सिस्टम खरिद प्रक्रिया अगाडि बढाएको छ ।
नेपाल प्रहरीको बजेटबाट प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गाडीसहितको उपकरण खरिद गर्न लागिएको हो । प्रहरीलाई तत्काल आवश्यक नभउको सो उपकरण खरिदमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली आफैं चासो दिएर चाँडै खरिद गर्न निर्देशन दिइसकेका छन् ।
कोरोना कहरबीच प्रहरी जनशक्ति सुरक्षा उपकरण बिनै फिल्डमा खटिरकेको अवस्थामा ५ करोड खर्चेर उपकरण खरिद गर्न चिनियाँ कम्पनी हुवावेको नेपाल प्रतिनिधी हनी इन्टरप्राइजेज र मोबिलिटी प्रालिलाई छनोट गरिएको छ ।
सो उपकरणले प्रधानमन्त्रीको सवारीका बेला सर्भिलेन्स गर्नेछ । प्रधानमन्त्रीलाई आक्रमण भए वा अन्य विपत्ति आइलागे सुरक्षा निकायलाई तुरुन्तै भिडियो रिर्पोर्ट दिने भएकाले प्रधानमन्त्रीका आइटी विज्ञको सल्लाहमा उपकरण खरिद अन्तिम चरणमा पुर्याइएको छ । नागरिक दैनिकमा समाचार छ