डब्ल्यूएचओले भन्यो: कोरोना खतरा होइन, असक्षम नेतृत्व खतरा हो
एजेन्सी- विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरसविरुद्ध लड्न विश्वव्यापी नेतृत्वको अभाव रहेको ठहर गरेको छ ।
भर्चुअल स्वास्थ्य फोरमलाई सम्बोधन गर्दै संगठनका प्रमुख टेड्रोस अधामनुम गेब्रियासले भने, ‘विश्वलाई सबैभन्दा बढी राष्ट्रिय एकता र विश्वव्यापी एकता आवश्यक छ । यस महामारीको समयमा राजनीतिकरणले अवस्थालाई नराम्रो बनाएको छ।’
उनले अगाडि भने, ‘अहिले हामीले सामना गरिरहेका सब भन्दा ठूलो खतरा भाइरस कोरोना होइन, विश्वव्यापी एकता र विश्वव्यापी नेतृत्वको अभाव हो ।’
यो महामारी अझै बढ्दै छ र यसको आर्थिक र अन्य प्रभाव दशकौं सम्म महसुस हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ।
हालसम्म करिब ९० लाख मानिस यसबाट संक्रमित भइसकेका छन् र यस भाइरसको कारण करिब ४ लाख ७० हजार व्यक्ति मारिएका छन्।