एकैदिन काठमाडौंमा भेटिएका ९६ जना संक्रमित को हुन् ?
काठमाडौं – काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ९६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । यो समाचारले काठमाडौंवासीको होस् उडाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको उक्त परिक्षणमा ९६ जना संक्रमित सुदूरपश्चिम प्रदेशका भएको बुझिएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा गरिएको परिक्षणमा भेटिएका ९६ जना संक्रमित र सेती प्रादेशिक अस्पतालमा ४१ गरी १३७ जना कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशका हुन् ।
यो दुई स्थान काठमाडौं र सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा १३७ जना संक्रमित ।मन्त्रालयका अनुसार आज थपिएकामा कैलालीका मात्रै ८० जना छन् ।
यस्तै कञ्चनपुरका ८, अछामका ७, बैतडीका १४, डडेल्धुराका १८, डोटीका ७,र बझाङका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये एक सय ३४ जना निको भएर घर फर्किएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।