ट्रम्पको आक्रामक भाषण: जो बाइडेन र चीन निशानामा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

ट्रम्पको आक्रामक भाषण: जो बाइडेन र चीन निशानामा



एजेन्सी- कोरोना महामारीबीच अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ओकलाहोमाबाट चुनाव प्रचार अभियान सुरु गरेका छन् ।

पहिलो अभियानका क्रममा ट्रम्पले चीनलाई चुनावी मुद्दा बनाए । उनले कोरोना भाइरसलाई १९ वटा नाम दिन सकिने र यसलाई कुंग फ्लू भन्न सकिने बताएका छन् । वास्तवमा कुंग फ्लू शब्द चिनियाँ मार्शल आर्ट ‘कुंग फू’ सँग मिल्दोजुल्दो छ ।

ट्रम्पले प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनमाथि निशाना साँधे । उनले बाइडेनलाई कट्टरपन्थी लेफ्ट खेमाका असहाय कठपुतली बताएका छन् । उनले भने, ‘यो खेमाले हामीलाई रोक्नका लागि हरेक दिन हिंसा, उत्पात र लुटपाट गरिरहेका छन् ।

दंगा गर्नेहरुलाई रकम प्रदान गरिरहेको छ । स्मारक, प्रतिमालाई उखेलेर हाम्रो इतिहास नष्ट गर्न चाहन्छ । उनीहरुले ती हरेक व्यक्तिलाई दण्डित गर्न चाहन्छ जो उनीहरुको मागसँग सहमत छैनन् ।’

सय मिनेटको भाषणा, समर्थकले तोडे सामाजकि दुरी

ट्रम्पले ओकलाहोमाको टुलसा शहरस्थित इन्डोर स्टेटडियममा करिब सय मिनेट भाषण दिए । स्टेडियममा धेरैजसोले मास्क लगाएका थिएनन् ।

उनीहरुले सामाजिक दुरीको पालनासमेत गरिरहेका थिएनन् । सावधानीस्वरुप प्रहरीले स्टेडियम प्रवेश अघि मानिसहरुको तापक्रम भने नापेका थिए ।

र्याली अघि ट्रम्पको अभियानसँग जोडिएका ६ व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । र्यालीमा एक युवक बेहोस भएका थिए ।

ट्रम्पले भाषण रोकेर डाक्टर बोलाउन भने । स्टेडियमबाहिर प्रदर्शन गरिरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरे । उनको टिसर्टमा लेखिएको थियो, ‘आई कान्ट ब्रिद ।’ यो शब्द संसारभरी रंगभेद विरोध प्रदर्शनको प्रतिक बनिसकेको छ ।