सक्रिय संक्रमित भन्दा निको हुनेको संख्या दस लाख बढी - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सक्रिय संक्रमित भन्दा निको हुनेको संख्या दस लाख बढी



काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ। वल्र्डओमिटरका अनुसार यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या ९० लाख ४४ हजार पाँच सय ४४ पुगेको छ।

संक्रमितमध्ये ४८ लाख ३७ हजार ९३९ उपचारपछि निको भएका छन् भने ३८ लाख बढी उपचारको क्रममा छन्।

संक्रमितमध्ये ५४ हजार सात सय ३७ जनाको अवस्था मात्रै गम्भीर छ। बाँकी सबै संक्रमितको अवस्था सामान्य छ।

गएको २४ घण्टामा विश्वभर कोरोनाका एक लाख २९ हजार तीन सय ९५ संक्रमित थपिएका छन्। संक्रमणको कारण गएको २४ घण्टामा विश्वभर तीन हजार तीन सय ३७ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म विश्वभर चार लाख ६९ हजार ६ सय तीन जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

अमेरिकामा मात्रै एक लाख २२ हजार दुई सय ४६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। त्यसपछि क्रमशः ब्राजिल, बेलायत, इटाली, फ्रान्स, स्पेन, मेक्सिको, भारत लगायतका देशमा धेरैले ज्यान गुमाएका छन्।