गण्डकी प्रदेशमा कोरोना संक्रमणको गति तिब्र - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

गण्डकी प्रदेशमा कोरोना संक्रमणको गति तिब्र



काठमाडौं – गण्डकी प्रदेशमा आइतबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।

याेसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५०४ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

संक्रमित सबैलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।