काठमाडौं नयाँबजारमा पनि कोरोना संक्रमित भेटिए
काठमाडौं- पछिल्ला केहिदिन यता काठमाडौं भित्र पनि संक्रमित फेला पर्ने क्रम जारी छ । शनिबार काठमाडौं महानगरपालिका -१७ नयाँबजारमा एक महिलामा कोरोना संक्रमण देखिएको छ ।
६४ बर्षीय ति महिला नयाँबजारस्थित खुसिबु बस्दै आएको बुझिएको छ । ति महिलाकोपिसिआर टेस्टमा कोरोना संक्रमण देखिएको छ । नयाँबजारकी ति महिलाको बुधबार टेकु अस्पतालमा स्वाब संकलन गरिएको बताइएको छ ।
स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित महिलाको हाल पाटन अस्पतालमा उपचार भईरहेको छ । स्वास्थ्य अवस्था सामान्य देखिएपनि टेकु अस्पतालले नै उनलाई पाटन अस्पताल रिफर गरेको हो ।
स्वास्थ्य मन्त्रालयले भने उनको विवरण सार्वजनिक गरेको छैन । आइतबार सार्वजनिक गर्ने बताइएको छ ।