कोरोना जितेकी प्रसिद्धि भन्छिन: बिरामीकाे दुखाइमाथि प्रधानमन्त्रीले मनोरञ्जन गरे - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

कोरोना जितेकी प्रसिद्धि भन्छिन: बिरामीकाे दुखाइमाथि प्रधानमन्त्रीले मनोरञ्जन गरे



काठमाडौं- विश्व पुरै कोरोना महामारीले अस्तव्यस्त छ । मानिसहरूलाई सारीरिक र मानसिक रूपमा निकै पिडा भैरहेको छ । तर मानिसको पिडामा पनि नेपालका प्रधानमन्त्री भने मनोरञ्जन गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरससम्बन्धी दिएको पछिल्लाे अभिव्यक्तिकाे चर्काे आलाेचना भइरहेकाे छ ।

कहिले बेसार, ताताेपानी खाएर ठीक हुन्छ भन्ने त कहिले हाच्छूँ गर्दै उडाइदिनुपर्छ भन्ने उनको अभिव्यक्तिले काेराेनाका वास्तविक बिरामी र कोरोनाको त्रासमा बाँचिरहेका मानिसको पीडामाथि मनोरञ्जन गरेको भन्दै संजालदेखि सदनसम्म उनको आलोचना भैरहेको छ ।

प्रधानमन्त्री ओलीक यस्ता मनोरञ्जनात्मक सामाग्री भाइरल भैरहेका बेला काेराेना संक्रमणकाे पीडा भाेगेर निकाे पनि भइसकेकी अर्थात् वास्तविक भुक्तभाेगी प्रसिद्धि श्रेष्ठले प्रधानमन्त्रीका यस्ता अभिव्यक्ति मूर्खतापूर्ण रहेकाे भन्दै टिप्पणी गरेकी छन् । कोरोनालाइ अन्य मौसमी फ्लूजस्तो सामान्य नसोच्न र हेलचक्रयाइ नगर्न उनले सुझाव दिएकी छन् ।

कोरोना भाइरस संक्रमणकाे पीडा भाेगिरहेका बिरामीमा निकै गाह्राे हुने हुँदा यसलाई मनोरञ्जनको विषय बनाएर नउडाउन उनले आग्रह गरेकी छन् । श्रेष्ठले ट्विटरमा प्रधानमन्त्रीकाे एउटा भिडियाे लिंक शेयर गर्दै बिरामीकाे पीडामाथि मनाेरन्जन नगर्न र गम्भीर भएर साेच्न अनुराेध गरेकी हुन् ।

प्रसिद्धिले आफूले भाेगेकाे अनुभवका आधारमा भनेकी छन्, ‘काेराेनाका बिरामीहरू सास फेर्नमा कठिनाइ हुने, शक्तिहीन, भोक तथा प्रेरणाभन्दा बाहिर हुन्छन् । कृपया तपाईंको मनोरन्जनको लागि बिरामीको दुखाइलाई बेवास्ता नगर्नुहोस् । यो बकवासकाे पराकाष्ठा हाे ।’

फ्रान्सबाट नेपाल आएपछि प्रसिद्धिमा कोरोना संक्रमण देखिएकाे थियाे । उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा २७ दिनसम्म उपचार गराएकी निकाे भएर फर्केकी थिइन् ।

गत बिहीबार प्रधानमन्त्री ओलीले बिहीवार राष्ट्रिय सभामा भनेका थिए, ‘कोरोना भनेको एउटा रुघाखोकीजस्तै हो । लागिहाल्यो भने हाच्छ्यु-साछ्यु गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ ।’ साेही भिडियाे लिंकले प्रसिद्धिले शेयर गरेकी छन् ।