एकैदिन संक्रमित हुनेको संख्या २ लाख नजिक: विश्वभरको नयाँ अपडेट - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

एकैदिन संक्रमित हुनेको संख्या २ लाख नजिक: विश्वभरको नयाँ अपडेट



काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको नयाँ रेकर्ड बनेको छ । पछिल्लो २४ घण्टामा विश्‍वमा १ लाख ८० हजार ४ सय ९४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यसअघि एकैदिन यति ठूलो संख्यामा कोरोनाका नयाँ संक्रमित थपिएका थिएनन्।

विश्‍वमा यसअघि एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित ३ असारमा थपिएका थिए। त्यस दिन १ लाख ४६ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्‍टि भएको थियो। हिजो विश्‍वमा कोरोना भाइरस संक्रमणका कारण ५ हजार ५९ जनाको मृत्यु भएको थियो ।

वल्डोमिटर्सको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी संक्रमित ब्राजिलमा थपिएका छन्। ब्राजिलमा शुक्रबार ५५ हजार २ सय ९ जनामा संक्रमण पुष्‍टि भएको छ । यस्तै, एकै दिन १ हजार २ सय २१ जनाले ज्यान गुमाएका छन् ।

हिजो नै अमेरिकामा कोरोना भाइरसका ३३ हजार १ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्। र, ७ सय १४ जनाले अमेरिकामा कोरोनाका कारण ज्यान गुमाएका छन्। भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ७ सय २१ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ भने ३ सय ६६ जनाको मृत्यु भएको छ ।

रुसमा हिजो ७ हजार ९ सय ७२ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । सोही दिन रुसमा १ सय ८१ जनाको मृत्यु कोरोनाका कारण भएको थियो। यस्तै, बेलायतमा १ हजार ३ सय ४५, पेरुमा ३ हजार ५ सय ३७, चिलीमा ६ हजार २ सय ९०, इरानमा २ हजार ६ सय १५, टर्कीमा १ हजार २ सय १४, मेक्सिकोमा ५ हजार ५६ सय ६२, पाकिस्तानमा ४ हजार ९ सय ४४, साउदी अरेबियामा ४ हजार ३ सय १, बंगलादेशमा ३ हजार २ सय ४३, दक्षिण अफ्रिकामा ३ हजार ८ सय २५, कतारमा १ हजार २१, कोलम्बियामा ३ हजार ५९, इजिप्टमा १ हजार ७ सय ७४, इण्डोनेसियामा १ सय ४१, अर्जेन्टिनामा २ हजार ६० र इराकमा १ हजार ६ सय ३५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।