अपडेट: डिल्लीबजार कारागारको भीआईपी भवनमा विष्फोट - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

अपडेट: डिल्लीबजार कारागारको भीआईपी भवनमा विष्फोट



काठमाडौं- डिल्लीबजारस्थित कारागार भवनमा ठुलो बिष्फोट भएको छ । लामो समयदेखि जिर्ण भवनमाथि ट्रान्मिटर ढलेर विस्फोट भएको जनाइएको छ ।

विस्फोटका कारण भिआइपी भवन भत्किएको छ । सो करागार लामो समयदेखि जिर्ण थियो त्यसैमाथि ट्रान्मिटर ढलेपछि भात्किएको बताइएको छ । एउटा भवन भने जीर्ण रहेका कारण वर्षाले भत्किएको बताइएको छ ।

करागार भवनमाथि ट्रान्मिटर ढलेपछि ठुलो विष्फोट भएको स्थानीयले जनाएका छन् । अहिले कमलपोखरीबाट प्रहरी टोली घटनास्थल पुगका छन् ।

शुक्रबार राति करिब ९:३५ बजेतिर ६१२ जना कैदी रहेको उक्त भवन भत्किएको हो । थुनुमा रहेका कोही पनि कैदीबन्दी भने भाग्न नपाएको कारागार प्रशासनले जनाएको छ । घटनाका कारण डिल्लीबजाको बाटो अवरुद्ध भएपछि जेसीबीको सहायतामा बाटो खाली गरिदै छ ।

सर्वसाधारणको बाक्लो ठाउँ उपसिथती रहेको सो ठाउँमा दिउँसो घटना भएको भए ठूलो क्षति हुन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । बिजुली नभएका कारण अहिले सो क्षेत्रमा अन्धकारमय बनेको छ । लामो समयदेखि खाली रहेको जीर्ण भवनमा भीआईपी कैदीहरु सांसद रेशम चौधरी, रामचन्द्र प्यासी, पूर्व डीआईजी रञ्जन कोइराला रहेका थिए ।

प्रहरीका अनुसार मानविय क्षती भएको छैन । ६१२ जना कैदी रहेको उक्त कारागारमा अहिले कुनै सुरक्षा चुनौती छैन । घटनास्थल भन्दा अलि भित्रै कैदीहरु रहने व्यवस्था छ ।