आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा झनै लामो समय प्रतिबन्ध - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा झनै लामो समय प्रतिबन्ध



काठमाडौं- सरकारले आन्तरिक र अन्तराष्ट्रिय उडानमाझनै लामो समय प्रतिबन्ध लगाएको छ । आन्तरिक उडान खुल्ने हल्लाबिच सरकारले यस्तो तयारी गरेको हो ।

सरकारले गरेको पछिल्लो तयारी अनुसार साउन १७ सम्म आन्तरिक र अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लाग्नेछ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण चैत ११ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो। पटक–पटक प्रतिबन्ध थप गरी असार २१ सम्म पुर्‍याएको प्रतिबन्ध साउन १७ सम्म लम्बाउने तयारी भएको पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय स्रोतले जनाएको छ।

‘साउन १७ सम्म प्रतिबन्ध थप गर्ने तयारी भएको छ। तर, औपचारिक निर्णय भने भइसकेको छैन,’ मन्त्रालय स्रोतले भन्यो।

सरकारले कोरोना रोकथाम तथा न्यूनीकरणका लागि गरेको लकडाउन भने खुकुलो बनाएको छ। तर, सार्वजनिक सवारी र हवाई उडान माथिको प्रतिबन्ध भने जारी नै छ।