ओलीलाई झट्का दिने प्रचण्डको त्यो घोषणा: नेकपामा खैलाबैला - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

ओलीलाई झट्का दिने प्रचण्डको त्यो घोषणा: नेकपामा खैलाबैला



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) स्वीकार नगर्ने बताएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई झट्का लागेको छ ।

नेकपाले एमसीसीको बारेमा निर्णय गर्न नसकिरहेको बेला प्रचण्डको सो अभिव्यक्तिले नेकपभित्र खैलाबैला नै मच्चाएको छ । एकातिर प्रधानमन्त्री ओलीले जसरी पनि एमसीसी पास गर्नुपर्ने अडान लिएका छन् भए ओलीलाई प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत एमसीसी पास गर्न साथ दिएको छ ।

शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीसँगको भिडियो कन्फरेन्समा अध्यक्ष प्रचण्डले सैन्य गठबन्धनसँग जोडिएका कुनै पनि आर्थिक सहायता स्वीकार नगर्ने स्पष्ट पार्दै एमसीसी पनि स्वीकार गर्न नसक्ने घोषणा नै गरेका छन । उनको यो घोषणाले नेकपाको एउटा तप्कालाई ठुलो झट्का नै दिएको छ ।

सुरुवात देखि नै प्रचण्डले एमसीसी देशको हितमा नरहेको भन्दै अर्का अध्यक्ष ओलीसंग बिद्रोह गर्दै आइरहेका छन् । आज उनले गरेको घोषणाले ओली सहित केहि नेताहरू आश्चर्यमा परेका छन् ।

हिजो राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी स्वीकार गरेर जानुपर्ने धारणा व्यक्त गरेकै अर्कोदिन प्रचण्डले दिएको यो काउन्टरको नतिजा जे आउँछ भन्न सकिने अवस्था छैन । प्रचण्डले नेपालको संविधानसँग बाझिने सुरक्षा गठबन्धनसँग जोडिएको सहयोग स्वीकार नगर्ने बताएसँगै प्रधानमन्त्री ओलीलाई ठुलो झड्का लागेको छ ।

नेकपाले आफ्नो परराष्ट्र नीति सञ्चालन गर्दा यो तथ्यप्रति पूर्णरुपमा सचेत रहेको बताउदै प्रचण्डले नेपालको सार्वभौम स्वतन्त्रता, र गैरहस्ताक्षरित नीतिलाई सम्मान गर्ने मित्र देशहरूको कुनै पनि विकास समर्थनलाई स्वागत गरिए पनि संविधानविरुद्धका सुरक्षासहित संलग्न कुनै पनि प्रकारको सहयोग स्वीकार गर्न नसकिने बताएका थिए ।

त्यसैगरी प्रचण्डले चिनियाँ जनताको एकता, दृढता, त्याग, समर्पण र मानवअधिकारको अदृश्य रोगबिरूद्धको युद्धमा चीनको कम्युनिष्ट पार्टीले निर्देशित गरेको अनुकरणीय प्रदर्शन सराहनीय भएको बताउदै तारिग गरेका थिए । नेकपा र चीनको कम्युनिष्ट पार्टीसँग मिलेर साझा विकास, समृद्धि, शान्ति र सद्भावको लागि काम गर्न चाहेको समेत प्रचण्डले बताएका छन् ।