अब राति १० देखि बिहान ५ बजेसम्म बाहिर निस्कन प्रतिबन्ध - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अब राति १० देखि बिहान ५ बजेसम्म बाहिर निस्कन प्रतिबन्ध



काठमाडौं- सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई बाहिर निस्किन प्रतिबन्ध लगाएको छ । गृहमन्त्रालयले जारी गरेको सुरक्षा मापदण्ड अनुसार हिँडडुलमा प्रतिबन्ध लगाएको हो।

शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मा सुरक्षा सतर्कता अपनाउनको लागि नयाँ मापदण्ड तयार पारेको गृह मन्त्रालयले जनाएको छ।

असार १ गतेदेखि लकडाउन खुकुलो बन्दै गएपछि सर्वसाधरणहरु सामान्य दैनिकतर्फ फर्कने कोशिसमा छन्। तर बाक्लो आवतजावतले कोरोना भाइरस संक्रमणको जोखिम बढ्नसक्ने भन्दै गृहले केही मापदण्ड तयार पारेको छ।

नयाँ मापदण्ड लागुभएसँगै रातिको समयमा प्रहरीको अनुगमन हुनेछ।

त्यस्तै, विवाह, ब्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी मानिस भेला हुन पाइने छैन्।