कृषि मन्त्रालय नै खारेज गर्न सांसदको माग - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

कृषि मन्त्रालय नै खारेज गर्न सांसदको माग



काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले महामारीको बेला किसानको साथमा नहुने र भारतबाट कृषिजन्य आयात सहज बनाउने कृषिमन्त्रालय खारेज गर्न माग गरेकी छन् ।

उनले भारतीय विषादीसहितका तरकारी ल्याउन झनै सहज बनाउने र नेपाली किसानको तरकारी बारीमै कुहिन्जेल वास्ता नगर्ने अवस्थाको मन्त्रालयको काम नभएको समेत बताएकि छन् । कोरोना भाइरसको महामारीको अवस्थामा भारतबाट विषादीसहितको तरकारी तथा फलफूल नेपालीको भान्छामा प्रवेश गरेको भन्दै उनले प्रतिबन्ध लगाउन सरकारसँग माग समेत गरेकी छन् ।

कृषि मन्त्रालयसंका निकै आक्रोशित सांसद संग्रौलाले नेपाली तरकारी बारीमा कुहिएर गइरहेकाले कृषि मन्त्रालयले व्यवस्थापन गर्न नसकेको आरोप समेत लगाइन । सांसद संग्रौलाले नेपाली किसानले उब्जाएका तरकारी तथा फलफूल बितरण प्रक्रिया सहज बनाउन नसक्ने कृषि मन्त्रालय खारेज गर्न पनि सरकारलाई आग्रह गरेकी छन् ।

‘नेपाली किसानहरुले उब्जाएको तरकारी एकातिर कुहिएर गइरहेको छ । ७५३ स्थानीय तहमा के कति फलफुल तरकारी उत्पादन हुन्छ ? कसरी बितरण प्रक्रिया सहज बनाउन सकिन्छ ?’, उनले भनिन्, ‘ यति पनि कृषि मन्त्रालयले गर्दैन भने किन चाहियो यो मन्त्रालय ? खारेज गरौं । बिदेशबाट आएका बासी र बिसादि तरकारी र फलफुल भन्दा स्वदेशमै फलेका ताजा तकारी स्वादिला र मीठा हुदैनन र सरकार ?’

त्यस्तै उनले आफुलाई राष्ट्रबादी र सर्बहाराको नेतृत्व गर्ने भन्ने सरकारको ध्यान कृषि क्षेत्रमा किन नपुगेको भन्दै सरकारलाई प्रश्न गरेकी छन् । ‘ ‘भारतीय तरकारी घर घरमा नेपाली तरकारी कुहिएर रछ्यानमा कस्तो बिडम्बना हो ! नेपाली किसानलाई हतोत्साही हैन उत्साहित बनाउनु पर्ने हैन र सरकार ?’, उनले प्रश्न गरेकी छन् ।