कमल थापाले भने: चिनियाँ कम्युनिष्टसँग नेकपाको कन्फरेन्स बकवास - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

कमल थापाले भने: चिनियाँ कम्युनिष्टसँग नेकपाको कन्फरेन्स बकवास



काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच हुन लागेको अन्र्तक्रिया कार्यक्रमबारे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अपत्ति जनाएका छन् ।

अध्यक्ष थापाले उक्त कार्यक्रम आपत्तिजनक नवऔपनिवेशिक अभ्यास भएको टिप्पणी गरेका छन् । उनले उक्त कार्यक्रमलाई ‘स्टप नन्सेन्स’ भन्दै आपत्ति जनाएका हुन् ।

अध्यक्ष थापाले राजनीतिक दलहरुले आफू अनुकूल विदेशी दलहरुबाट प्रशिक्षण, राजनीतक र आर्थिक सहयोग लिन सुरु गरे नेपालको हालत के होला ? भन्दै प्रश्नसमेत गरेका छन् ।

‘अब यसैगरि अन्य राजनीतिक दलहरुले पनि आफु अनुकुलका बिदेशी दलहरुबाट प्रशिक्षण तथा राजनीतक र आर्थिक सहयोग लिने क्रम शुरुगर्ने होभने नेपालको हालत के होला ? ’, उनले भनेका छन्, ‘के नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो ? यो बकवास रोक्नुहोस् ! ’