भारतमा एकैदिन १४ हजार संक्रमित: यस्तो छ पछिल्लो अवस्था - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

भारतमा एकैदिन १४ हजार संक्रमित: यस्तो छ पछिल्लो अवस्था



काठमाडौं- बिहीबार एकै दिन भारतमा १३ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।

वल्र्डओमिटरका अनुसार बिहीबार भारतमा १३ हजार आठ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। हिजो भारतमा कोरोना संक्रमणको कारण तीन सय ४२ जनाले ज्यान गुमाएका छन्।

भारतमा अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनको संख्या १२ हजार ६ सय चार पुगेको छ। यो शुक्रबार बिहान ६ बजेसम्मको तथ्यांक हो। अहिलेसम्म भारतमा संक्रमितको संख्या ३ लाख ८१ हजार ९१ पुगेको छ।

वल्र्डओमिटरका अनुसार गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार एक सय ६ जनाले ज्यान गुमाएका छन्। हिलेसम्म विश्वभर मृतकको संख्या चार लाख ५५ हजार पाँच सय ५८ पुगेको छ।

अहिलेसम्म विश्वभर ८५ लाख ६७ हजार दुई सय ८० जनामा संक्रमण देखिएको छ। गएको २४ घण्टामा मात्रै विश्वभर एक लाख ७३ हजार चार सय २४ जना नयाँ संक्रमित थपिएका छन्। गएको २४ घण्टामा कोरोना संक्रमणबाट सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय चार जनाले ज्यान गुमाएका छन्।