पत्रकार सहयोगी बिसीको कर्तुत: मदिराको तालमा युवतीमाथि यस्तो हर्कत

काठमाडौं- चटक्क कोट पाइन्टमा सजिएर हिड्ने, दाह्री पालेको, देख्दा भलाद्मी लाग्ने आफूलाई कलाकार र नेता बताउने मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीको बास्टारी घर भई सन्धिखर्कमा बस्ने सहयोगी बिसीले एक युवतीलाई आफूले सहयोग गरेको बदलामा सारीरिक सम्पर्क प्रस्ताव गरेको खुलेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान अर्घाखाँचीका पूर्वअध्यक्ष समेत रहेका बिसी अर्घाखाँची जिल्लाका लागि चर्चित नाम हो । उनि कहिले कलाकार, समाजसेवी र नेताको रूपमा आफूलाई प्रचार गर्छन त कहिले वरिष्ठ पत्रकार भन्दै परिचय दिन्छन ।
उनै सहयोगी बिसीले एक युवतीलाई गरेको ब्यबहारले उनीप्रति जो कोहीलाई पनि घृणा लाग्छ । बिसीले एकजना युवतीलाई म्यासेन्जरमार्फत अ’श्लिल शब्द लेख्दै सारीरिक सम्पर्क प्रस्ताव गरेको तथ्य फेला परेको छ । बीसीले आफूले धेरैपटक उक्त युवतीलाई सहयोग गरेको भन्दै उनीसंग सारीरिक सम्पर्क प्रस्ताव गरेका छन् । तर युवतीले भने यस्ता कुरा नगर्न र आइन्दा यस्ता कुरा गरे कानुनी कारबाही गर्ने बताएकी छन् ।
सुन्न र हेर्न नसकिने खालका अ’श्लिल शब्दमा उनले पटक पटक उनलाई यस्तो प्रस्ताव गरिरहेका छन् । सहन गर्न नसकेपछि ति युवतीले उनले पठाएको म्यासेज सार्वजनिक गर्ने चेतावनी दिएकी छन् । त्यसपछि बिसी हच्किएका छन् । बिसीले आफूले रक्सि खाएर यस्तो कुरा गरेको भन्दै माफी समेत मागेका छन् ।
तर ति युवतीलाई सहन गर्न गाह्रो भएपछि उनले लेखेको म्यासेज सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेका म्यासेजक स्क्रिनसटहरू अहिले सामाजिक संजालमा भाइरल बनेका छन् । म्यासेजमा बिसीले युवतीलाई सहयोग गरेको र सहयोग बाफत रासलिला गर्नुपर्ने भन्दै धम्क्याएका छन् । पटक पटक बिसीले लेखेका अ’श्लिल शब्द देख्दा उनको व्यक्तित्व छर्लङ्ग हुन्छ ।
को हुन् सहयोगी बिसी ?
आफूलाई समाजसेवी भन्ने सहयोगी बिसी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान अर्घाखाँचीका पूर्वअध्यक्ष हुन् । उनि अर्घाखाँची जिल्लामा राजनीतिक नेतृत्व र प्रशाशनमा राम्रो पहुँच बनाएका व्यक्ति हुन् । कलाकार, पत्रकार, समाजसेवी तथा नेता बताउने उनि यसघि पनि विवादमा तानिएका थिए । तर पहुँचका आधारमा उनले आफूलाई लाग्दै आएका आरोपहरू सामसुम पारेका थिए ।
सहयोगी बिसीको बिषयमा हामीले जिल्लामा बुझ्न खोज्दा केहि पत्रकार र नेताले यो काण्ड मिडियामा नलेख्न आग्रह गरे । किन बचाउन खोजेको भन्ने हाम्रो प्रश्नमा केहि व्यक्तिले आफ्नै साथी भएकाले उनलाई अफ्ठ्यारो पर्न नहुने तर्क गरे भने केहिले हामीलाई प्रलोभन समेत देखाए ।
अर्घाखाँचीकै एक पत्रकारका अनुसार सहयोगी बिसीका यस्ता धेरै काण्ड भएको तर बिचमै गुपचुप पारेर बाहिर नआएको बताउँछन । उनका अनुसार कतिपय महिलालाई त बिसीले सदरमुकामबाट घरसम्म छोड्ने भन्दै मोटरसाइकलमा राखेर लगेर जबर्जस्ति गर्न खोजेका सम्म घटना भएको उनि बताउछन । त्यतिमात्र होइन आफूलाई निकै समाजसेवी बताउने उनले सहयोग गरेकै कतिपयलाई ठाडै प्रस्ताव गर्नेगरेक घटना समेत छन् ।
त्यतिमात्र होइन रेडियोको तालिममा आउने कतिपय प्रतिक्षार्थीलाई समेत उनले अनेक प्रलोभन देखाएर सारीरिक सम्पर्क प्रस्ताव राख्ने गरेको समेत खुलेको छ । अर्घाखाँचीकै एक जनप्रतिनिधिका अनुसार बिसीका यस्ता धेरै काण्ड छन् जो बताउन पनि लायक छैनन् ।
अर्घाखाँचीको राजनीति र प्रसाशनसंग निकै निकट रहेका उनले दवावमा यो घटना लुकाउन हर प्रयास गरेको बुझिएको छ । यो काण्ड सार्वजनिक भएपछि उनले फेक आइडीबाट कसैले बदनाम गर्न खोजेको बताउंदै आएका छन् । बिहिबार देखि यो काण्ड सामसुम पार्न दुवै पक्षबीच पैसामा मोलमोलाई भैरहेको अर्घाखाँचीकै एक समाजसेवीले नाम नलेख्ने सर्तमा बताए ।
तर बिसीले भने शुक्रबार सामाजिक संजालमार्फत फेक आइडी बनाएर आफ्नो चरित्र हत्या गर्न खोजेको बताएका छन् । फेसबुकमार्फत सार्वजनिक गरिएको उनको स्पष्टिकरण बनावटी लाग्ने खालको छ । उनको फेक आइडी बनेको भन्दै सार्वजनिक गरिएको आइडी पनि खोज्दा भेटिंदैन ।
हामीलाई प्राप्त भएका म्यासेजका स्क्रिनसर्टहरूमा भएको भाषा र उनले सार्वजनिक गरेका स्क्रिनसर्टहरूको भाषा अमिल्दो छ । उनले गरेको पोष्टमा धेरै व्यक्तिले उनैलाई दोषी देखाएका छन् । कमेन्ट गर्नेहरूले समेत उनको यो पुरानै चरित्र भएको बताएका छन् ।
यस्तो छ उनले लेखेको स्टाटस

नोट: हामीलाई प्राप्त स्क्रिनसर्टहरूमा निकै अ’श्लिल शब्दहरू भएकाले सामाजिक उत्तरदायित्वका कारण समाचारमा राखेका छैनौँ । हामीसंग सुरक्षित छन् ।

